एनपीएल दोस्रो संस्करणको खेल तालिका सार्वजनिक, उद्घाटनमा जनकपुर र काठमाडौं भिड्ने
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको खेल तालिका सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार तालिका सार्वजनिक गर्दै पहिलो खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबीच हुने घोषणा गरेको हो। उद्घाटन खेल दिउँसो ४ बजे सुरु हुनेछ।
सार्वजनिक तालिकाअनुसार लिग चरणमा सहभागी सबै टिमले एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। मंसिर २१ गतेसम्म लिग चरणका खेल सम्पन्न हुनेछन्। त्यसपछि मंसिर २३ गतेदेखि प्लेअफ चरण सुरु हुनेछ।
लिग चरणमा शीर्ष दुई स्थानमा रहने टिमले २३ गते पहिलो क्वालिफायर खेल्नेछन्। तेस्रो र चौथो स्थानमा रहने टिमबीच २४ गते एलिमिनेटर खेल हुनेछ। दोस्रो क्वालिफायर मंसिर २५ गते, भने फाइनल खेल मंसिर २७ गते तय गरिएको छ।
एनपीएलको दोस्रो संस्करणलाई सफल बनाउन क्यानले आवश्यक तयारी अघि बढाएको छ।














