नेपाल प्रहरीको ३३औँ 'आईजीपी' मा दानबहादुर कार्की नियुक्त
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाल प्रहरीको ३३औँ प्रहरी महानिरीक्षक (आईजीपी)मा दानबहादुर कार्की नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो । वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरी बुधबारदेखि अवकाशमा जानेछन्।
हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रहेका कार्की प्रहरी सेवा प्रवेशदेखि नै ब्याचमा प्रथम स्थानमा रहँदै बढुवा हुँदै आएका हुन्।
२०५४ चैत १८ मा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका उनले २०६६ मा डिएसपी, २०७४ मा एसपी, २०७९ मा एसएसपी, २०८१ जेठमा डिआईजी र २०८२ वैशाखमा एआईजीको जिम्मेवारी पाएका थिए।
मन्त्रिपरिषद्को निर्णयअनुसार कार्कीले २०८४ चैत १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।













