जेनजी आन्दोलनका नाममा भएको विध्वंसको जवाफ दिने समय आएकोः झाँक्री
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमाले प्रवेश गरेकी नेतृ रामकुमारी झाँक्रीले जेनजी आन्दोलनका नाममा गरिएको विध्वंसको कडा आलोचना गर्दै, त्यसको जवाफ दिन समय आएको बताएका छन्।
एमालेको "घर फर्क अभियान" कार्यक्रममा बोल्दै नेतृ झाँक्रीले जेनजी आन्दोलन एक पुस्ताको आक्रोशको परिणाम भएको बताइन् । उनले जेनजीको केही समूहहरूले त्यसको आडमा नेपाल सरकारका विरुद्ध हिंसात्मक क्रियाकलाप गरेका टिप्पणी गरिन् ।
सिंहदरबार, सर्वोच्च अदालत र निजी व्यापारिक भवनहरू जलाउने घटनामा संलग्न व्यक्तिहरूलाई जवाफदेही बनाउनुपर्ने समय आएको भन्दै उनले त्यस्ता कार्यहरूलाई राष्ट्रिय सुरक्षा र स्थिरतामा संकट पुर्याउने काम भएको बताए ।
"जेनजी आन्दोलनको नाममा जे भइरहेको थियो, त्यो नितान्त सरकारविरुद्धको प्रहार थियो," झाँक्रीले भनिन्। उनले भनिन्, "इतिहासले जे भएको छ, त्यसका लागि समय नै सजाय तोक्नेछ।"
कार्यक्रममा झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रवादी नेता बताउँदै, नेकपा एमालेलाई नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह मात्र नभई, लोकतन्त्र, विकास, सुशासन र समृद्धिको आकाङ्क्षा देखाउने पार्टीको रुपमा भएको उल्लेख गरिन् । आजको दिनमा पनि एमाले नै नेपालको राष्ट्रियता जोगाउने एकमात्र दल भएको दावी झाँक्रीले भनिन् ।













