प्रधानमन्त्री कार्कीद्वारा पशुपति क्षेत्र विकास कोषलाई राजनीतिकरण नगर्न आग्रह

User Image Prime TV News १ हप्ता अगाडि
Image of प्रधानमन्त्री कार्कीद्वारा पशुपति क्षेत्र विकास कोषलाई राजनीतिकरण नगर्न आग्रह

काठमाडौ । प्रधानमन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्रमा रूपान्तरण गर्नु गलत भएको बताएकी छन् ।

सिंहदरबारमा आज कोष सञ्चालक परिषद्को बैठकमा उनले धार्मिक संस्थामा काम गर्ने व्यक्तिहरू धार्मिक आस्था र निष्ठासँग जोडिएका हुनुपर्ने भन्दै राजनीतिक प्रभाव पर्न नदिन आग्रह गरिन् ।प्रधानमन्त्री कार्कीले भनिन, “पशुपतिनाथ विश्वभरिका हिन्दूहरूको आस्थाको केन्द्र हो। यस्तो पवित्र स्थानमा राजनीतिको छायाँ पर्नु दुर्भाग्यपूर्ण हुनेछ।”

उनले कोषलाई धर्म र संस्कृतिको जगेर्ना गर्ने केन्द्र बनाउन सबै सरोकारवालालाई सक्रिय हुन आह्वान गरिन् । कानुन अनुसार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा कोषको सञ्चालक परिषद् संचालन हुने व्यवस्था छ।

प्रधानमन्त्री कार्कीले यसै परिषद्को बैठकमा कोषको धार्मिक र सांस्कृतिक महत्वलाई मजबुत बनाउन जोड दिनुभयो।