एमालेबाट अलग हुनु जीवनकै ठूलो भूल भयोः कृष्णकुमार श्रेष्ठ (किसान)

User Image Prime TV News १ हप्ता अगाडि
Image of एमालेबाट अलग हुनु जीवनकै ठूलो भूल भयोः कृष्णकुमार श्रेष्ठ (किसान)

काठमाडौ । नेकपा एमाले प्रवेश गरेका कृष्णकुमार श्रेष्ठ (किसान) ले एमालेबाट अलग हुने निर्णय आफ्नो जीवनकै सबैभन्दा ठूलो भूल भएको बताएका छन्।

सोमबार एमालेले सञ्चालन गरेको ‘घर फर्क अभियान’ अन्तर्गत पार्टीमा पुनः प्रवेश गरेपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन्। श्रेष्ठले सम्बोधनका क्रममा विगतमा पार्टीभित्र भएका असहमति र विभाजनलाई आत्मसमिक्षा गर्दै भने, “हामीजस्ता पार्टीमा फर्कन आएका साथीहरूको जीवनको यो सबैभन्दा सत्य क्षण हो।

विगतमा विभिन्न कारणले हामी पार्टीमा विग्रहमा लाग्यौं, तर त्यो हाम्रो जीवनकै ठूलो भूल भयो, समयले पनि त्यो प्रमाणित गर्‍यो।”एमालेमा पुनः सक्रिय भइसकेपछि श्रेष्ठले अब जनताको भरोसा जित्ने र राष्ट्र निर्माणमा अग्रपंक्तिमा रहने अठोट व्यक्त गरे।

“हामी फेरि जनताको भरोसा जित्नेछौं, फेरि राष्ट्र निर्माणको अभियानमा अग्रपंक्तिमा रहनेछौं,” उनले भने। श्रेष्ठले आफ्नो पार्टी पुनः प्रवेशलाई केवल राजनीतिक निर्णय नभई “जनताको बीच फर्कने यात्राको सुरुवात” भएको बताए।