डा. भीम रावल प्रचण्ड–माधव नेतृत्वको नेकपामा मिसिँदै, बुधवार राष्ट्रिय सभागृहमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’

User Image Prime TV News १ हप्ता अगाडि
Image of डा. भीम रावल प्रचण्ड–माधव नेतृत्वको नेकपामा मिसिँदै, बुधवार राष्ट्रिय सभागृहमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’

काठमाडौ । नेकपा एमालेबाट निष्कासनमा परेपछि छुट्टै राजनीतिक अभियान सञ्चालन गर्दै आएका पूर्व उपप्रधानमन्त्री डा. भीम रावल अब पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा मिसिने भएका छन्।

रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’ र प्रचण्ड–माधव समूहबीच एकता गर्ने तयारी पूरा भएको बताइएको छ । पार्टी एकता घोषणा कार्यक्रम आउँदो बुधवार राष्ट्रिय सभागृहमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ शीर्षकमा आयोजना गरिने भएको छ ।

नेता प्रकाश ज्वालाका अनुसार उक्त कार्यक्रममा संयोजक प्रचण्ड, सह–संयोजक माधव नेपाल र डा. रावलले सम्बोधन गर्ने छन्। कार्यक्रममा अन्य वरिष्ठ नेताहरू, प्रदेश संयोजकहरू र विभिन्न वामपन्थी समूहका प्रतिनिधिहरूको उपस्थिति रहने जनाइएको छ ।

एकता पश्चात रावललाई पार्टीमा छैटौँ वरियताको स्थान दिने सहमति भएको छ। रावलले हालसम्म आफूसँग निकट नेताहरू, प्रचण्ड र माधव नेपालसँग छलफल गरी नयाँ राजनीतिक सहकार्यमा जाने निष्कर्ष निकालेका हुन्।रावलले केही समयदेखि एमाले नेतृत्वको राजनीतिक अभ्यासप्रति असन्तुष्टि जनाउँदै छुट्टै अभियान चलाइरहेका थिए।