मन्त्री पुनले शिक्षकहरुलाई राजनीतिक गतिविधिबाट टाढा रहन फेरि चेतावनी दिए
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक र प्राध्यापक संघ संगठनहरूलाई राजनीतिक दलसँग आबद्ध नभई आफ्नो पेशागत भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्। उनले शिक्षक संघ संगठन यदि राजनीतिक गतिविधिमा संलग्न भएमा कानूनी कारबाही गरिने स्पष्ट पारेका छन् ।
मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन् ,संविधानले दिएको अधिकारलाई कसैले खोस्न सक्दैन, तर राजनीतिक संरक्षणमा विद्यालय र विश्वविद्यालयको सञ्चालनमा बाधा पुर्याउने काम र विद्यार्थीहरूको भविष्यसँग खेलवाड गर्नु स्वीकार्य छैन भनेका छन् ।
उनले विद्यार्थी र अभिभावकहरूबाट प्राप्त राजनीतिक हस्तक्षेप र चलखेलका गुनासोहरूलाई उद्धृत गर्दै, यस्तो काम भ्रष्टाचारकै श्रेणीमा पर्ने बताए। मन्त्री पुनले सर्वोच्च अदालतको आदेश र कानुनका धाराहरू समेत ध्यान दिन पनि सबैलाई अनुरोध गरेका छन्।
फागुन २१ गते हुने चुनावको प्रचार प्रसारका क्रममा स्कुल कलेजमा पठन पाठन बन्द नगर्न पनि अनुरोध गरेका छन्।













