मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिपछि तनाव, मुख्यमन्त्री कार्यालयमा तोडफोड
Prime TV News १ हप्ता अगाडि 
धनुसा । मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिपछि राजनीतिक तनाव तीव्र बनेको छ।
प्रदेश प्रमुख सुमित्रा भण्डारीले सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि सात राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू आक्रोशित भएका छन्। नवनियुक्त मुख्यमन्त्री यादव कार्यालय आउने जानकारी पाएपछि प्रदर्शनकारी दलका नेता र कार्यकर्ताहरूले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन्।
उनीहरूले कार्यालय अगाडि नाराबाजी गर्दै यादवको राजीनामा माग गरेका छन्। स्थिति नियन्त्रणमा लिन सुरक्षा निकाय परिचालन गरिएको छ। प्रदर्शनकारीहरूले प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयमा तालाबन्दी गर्दै अन्य मन्त्रालयहरूमा पनि तालाबन्दी विस्तार गरिरहेका छन् ।
यस घटनापछि प्रदेश सरकारका नियमित प्रशासनिक कामकाज प्रभावित भएका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार अवस्थालाई नियन्त्रणमा लिन प्रयास जारी छ र तोडफोडमा संलग्नहरूलाई पहिचान गरी कानूनी कारबाही अघि बढाइने जनाएको छ।













