सरोज यादव मधेस प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त

User Image Prime TV News १ हप्ता अगाडि
Image of सरोज यादव मधेस प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त

काठमाडौ । एमाले संसदीय दलका नेता सरोज यादव मधेस प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमाले संसदीय दलका नेता यादवलाई संविधानको धारा १६८(३) अनुसार मधेस प्रदेशको नयाँ मुख्यमन्त्रीको रूपमा शपथ गराएकी हुन्।

शपथ समारोह जनकपुर स्थित प्रदेश प्रमुखको कार्यालयमा नभइ सिन्धुलीस्थित एक होटलमा भएको थियो। जनकपुरमा प्रदर्शन र तनावपूर्ण वातावरण देखिएको कारण वैकल्पिक स्थान रोजिएको बताइएको छ।

यसअघि केही दिनअघि विश्वासको मत नपाउने निश्चित भएपछि जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। प्रदेशको नेतृत्व परिवर्तनसँगै सत्ता समीकरण फेरिएको छ।

राजीनामापछि सोनलले प्रदेश प्रमुख भण्डारीविरुद्ध आरोप लगाउँदै शपथ प्रक्रिया ‘अस्वाभाविक’ र ‘अनैतिक’ भएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले उपचारका लागि प्रदेश छोडेको भनिएको अवस्थामा बीचमै शपथ गराएको आरोप लगाउँदै यसलाई प्रदेशको मर्यादाविरुद्धको कदम भनेका छन्। आगामी केही दिनभित्र यादवले प्रदेश सभा समक्ष विश्वासको मत लिनुपर्नेछ ।