भीम रावललाई नेपाली कम्युनिस्ट पार्टीमा भित्र्याउने तयारी

User Image Prime TV News १ हप्ता अगाडि
Image of भीम रावललाई नेपाली कम्युनिस्ट पार्टीमा  भित्र्याउने तयारी

काठमाडौ । नवगठित नेपाली कम्युनिस्ट पार्टीले एमालेबाट निलम्बित नेता भीम रावललाई पार्टीमा भित्र्याउने प्रक्रिया औपचारिक रूपले अघि बढाएको छ।

आइतबार साँझ पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले रावलसँग भेटवार्ता गरी पार्टी प्रवेशका विषयमा छलफल गरेका छन्।

नेता प्रकाश ज्वालाका अनुसार वार्ता सकारात्मक बसेको छ र केही दिनभित्रै रावल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने अपेक्षा गरिएको छ। ज्वालाले भने, “छलफल सकारात्मक भएको छ। कामरेड भीम रावल चाँडै नै हाम्रो पार्टीमा जोडिनुहुन्छ।”

प्रचण्ड र नेपालले रावललाई प्रवेश पश्चात सम्मानजनक भूमिका र जिम्मेवारी दिने आश्वासन दिएका छन्। रावलले पनि सो प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएको बताइएको छ । 

एमालेले कारबाही गरेपछि रावल ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’मार्फत गतिविधि गरिरहेका थिए। अब उनले नवगठित कम्युनिस्ट गठबन्धनमा औपचारिक रूपमा सहभागी हुने तयारी गरेको देखिन्छ।