नेपालमा अधिनायकवादको खतरा देखियोः केपी ओली

User Image Prime TV News १ हप्ता अगाडि
Image of नेपालमा अधिनायकवादको खतरा देखियोः केपी ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अधिनायकवादको सम्भावना बढिरहेको भन्दै त्यसलाई रोक्न आवश्यक रहेको बताएका छन्।

उनले काठमाडौंमा आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय समिति बैठकमा बोल्दै, विभिन्न दक्षिण एसियाली मुलुकहरूमा चुनावको मिति बारम्बार सरेको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै नेपालमा पनि निर्वाचनको नाममा अधिनायकवाद जन्मने खतरा रहेको बताए ।

ओलीले भने, "जहाँ अधिनायकवाद सुरु हुन्छ, त्यहाँ चुनावको मिति सर्न थाल्छ। म्यानमार र बङ्गलादेशका घटनाहरूबाट हामीले देखेका छौँ कि चुनावको मिति सरेपछि स्थिति थप अस्थिर र द्वन्द्वमा परिणत भएको छ। यही सिलसिला नेपालमा पनि दोहोर्याउन खोजिएको छ।"

उनले थपे, "हाम्रो मुलुकलाई फेरि द्वन्द्व र तनावमा फसाउन प्रयास भइरहेका छन्, जसले राष्ट्रका लागि ठूलो अनिष्टको कारण बन्न सक्छ। यस्तो स्थितिलाई रोक्न हामी कसम खाने छौं र लामो समयसम्म यसलाई निरन्तर चल्न दिनु हुँदैन।"

यसै क्रममा ओलीले जेनजी पुस्तामा विभाजन र द्वन्द्वको भावना फैलाउने प्रयास भइरहेको भन्दै त्यसप्रति विशेष चासो व्यक्त गरे। उनले भने, "आजको युवा पिढीलाई राजनीतिक द्वन्द्वतर्फ डोर्याउने प्रयास भइरहेको छ, जसले समग्र राष्ट्रका लागि अप्ठ्यारो परिस्थिति सृजना गर्न सक्छ।"