नेपाली कांग्रेसका सांसदहरूले पनि सुरु गरे संसद् पुनर्स्थापनाका लागि हस्ताक्षर अभियान

User Image Prime TV News १ हप्ता अगाडि
Image of नेपाली कांग्रेसका सांसदहरूले पनि सुरु गरे संसद् पुनर्स्थापनाका लागि हस्ताक्षर अभियान

काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापना र संसद विघटनको असंवैधानिकता र अलोकतान्त्रिकता विरोधमा हस्ताक्षर अभियान सुरु गरेका छन्।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वर्तमान सरकारको गठन र संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक घोषणा गरेको केहि दिनपछि यो अभियान अघि बढाइएको हो।  न्यायालयमा मुद्दा दायर गर्नको लागि कानूनी आधार तयार पार्ने उद्देश्यले अभियान सुरु गरिएको बताइएको छ ।

यसअघि एमालेले पनि संसद पुनर्स्थापनाका लागि समान प्रकारको हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ। सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनर्स्थापना र विघटनविरुद्ध १६ वटा निवेदन दायर भइसकेका छन्।

यस बिषयमा अदालतले कारण देखाउ आदेश जारी गरिसकेको छ । नेपाली कांग्रेस र एमालेको हस्ताक्षर अभियानका बीच, सरकार र निर्वाचन आयोगले आगामी मिति अनुसार चुनावको तयारी गरिरहेको छ ।