प्रतिनिधि सभाको निर्वाचनलाई सफल बनाउनुपर्नेमा राष्ट्रपति पौडेलको जोड

User Image Prime TV News १ हप्ता अगाडि
Image of प्रतिनिधि सभाको निर्वाचनलाई सफल बनाउनुपर्नेमा राष्ट्रपति पौडेलको जोड

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका संविधान र लोकतन्त्रलाई अझ सुदृढ र उन्नत बनाउन आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सफल बनाउनुपर्नेमा जोड दिएका छन्। उनले फागुन २१ गते तोकिएको चुनावमा नागरिकको सहभागिता महत्वपूर्ण रहेको र यसले लोकतान्त्रिक प्रक्रियालाई थप सशक्त बनाउने बताए।

राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र समृद्धि प्रति प्रकट भएको चासो र चाहनालाई सम्बोधन गर्दै, मिडियाले संविधान र लोकतन्त्रको सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बतए । उनले भने, "सञ्चारमाध्यमहरूले सत्य र तथ्यमा आधारित सूचना प्रदान गरेर लोकतान्त्रिक वातावरण निर्माणमा मद्दत गर्नुपर्छ।"

राष्ट्रपतिले सञ्चारमाध्यमलाई जनताको हितमा काम गर्न र प्रविधिको दुरुपयोगबाट जनतालाई भ्रमित हुनबाट बच्नको लागि जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। उनले भने, "सत्य र तथ्यमा आधारित सूचनाको प्रवाह नागरिकको मौलिक अधिकार हो, र यो जिम्मेवारी सञ्चारमाध्यमको हो।"

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पनि आफ्ना विचार प्रस्तुत गर्दै, सार्वजनिक सेवा प्रसारणको भूमिका र मिडियाको व्यवसायिकतामा जोड दिएका छन् । उनले भने, "सञ्चारमाध्यमले सिर्जनात्मक र फरक विषयवस्तु प्रसारण गर्नु पर्ने चुनौती छ। यसका लागि व्यावसायिक दृष्टिकोणबाट काम गर्न जरुरी छ।"