सुदन गुरुङले भने, मेरो नागरिकता तपाईको निधारमा टाल्दिन्छु

User Image Prime TV News १ हप्ता अगाडि
Image of सुदन गुरुङले भने, मेरो नागरिकता तपाईको निधारमा टाल्दिन्छु

काठमाडौ । हामी नेपालका अभियन्ता सुदन गुरुङ र एमाले निकट राष्ट्रिय युवा स‌ंघ बिच जुहारी चलेको छ । गुरुङको नागरिकताको बिषयलाई लिएर युवा संघ र गुरुङ बिच जुहारी भएको हो ।

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवासंघ नेपालले सुदन गुरुङको नागरिकता प्रकरणमा सरकारले ७ दिन भित्र छानबिन र सत्यतथ्य सार्वजनिक नगरेमा, आफैंले प्रहरीमा उजुरी दिने र कानुनी कारवाही सुरु गर्ने चेतावनी दिएको थियो । त्यसको जवाफमा गुरुङले आफ्नो नागरिकता छानविन गर्न भनेका छन् ।

गुरुङले आफ्नो १० पुस्ते निस्केपछि महेश बस्नेतलाई एक अनौठो प्रस्ताव समेत राखेका छन्। सामाजिक संजालमा पोष्ट गर्दै गुरुङले भनेका छन्, मेरो नागरिकता तपाईंको निधारमा सुपर ग्लुले प्ल्याट पारेर टाल्दिन्छु ।