के गर्दैछौं भन्न मिल्दैनः गृहमन्त्री अर्याल
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । गृहमन्त्री ओम प्रकाश अर्यालले आफ्नो कार्यशैलीबारे उठेका सवालहरूको जवाफ दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्ट पारेका छन् कि गृह मन्त्रालय संवेदनशील प्रकृतिका कारण कतिपय निर्णय र कामहरूका बारेमा खुलासा गर्न सकिने अवस्था नरहेको बताए ।
अर्यालले लेखेका छन्, “गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो। कतिपय विषयमा के गर्दैछौं भन्न मिल्दैन, के गर्यौं भन्न पनि नमिल्ने अवस्था हुन्छ। हामी शुद्ध चित्तले कर्म गर्दै जाने बाहेक अरु विकल्प छैन।”
जेनजी अगुवा सुदन गुरुङले गृहमन्त्री अर्यालको कार्यशैलीमा प्रश्न उठाए संगै गृहमन्त्री अर्कोयालको यो भनाइ आएको हो । गुरुङले सरकारको कार्यक्षमता र पारदर्शिता बारे चिन्ता व्यक्त गरेका थिए।
यसका बाबजुद, गृहमन्त्री अर्यालले सरकारको उद्देश्य स्पष्ट पारेका छन्। उनले भने, "हामी पाइलैपिच्छे सुशासनको बाटो हिँड्दै देशलाई निर्वाचनमार्फत निकासमा पुर्याउने सरकारको अभिभारा पूरा गर्दै छौं।"
उनले सरकारको कार्यसम्पादनलाई सकारात्मक दिशामा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । तर संवेदनशील कार्यहरूको प्रकृतिका कारण केहि विवरणहरूको खुलासा गर्न सकिने अवस्था नरहेको समेत मन्त्री अर्यालले जनाएका छन्।
अर्कोतर्फ, आलोचनात्मक दृष्टिकोणबाट सरकारले पारदर्शिता र कार्यदक्षताको चुनौती सामना गरिरहेको छ। सरकारको कार्यशैली र निर्णय प्रक्रियामा सुधारको आवश्यकता र नागरिकका अपेक्षाहरूलाई ध्यानमा राखेर कदम चाल्ने आवश्यकता बलियो हुँदै गएको छ।













