विश्वासको मत नपाउने भएपछि, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल दिए राजीनामा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने बैठक सुरु हुनु अगाडि नै राजीनामा दिएका छन् ।
शनिबार प्रदेशसभामा बोलाइएको विश्वासको मतसम्बन्धी बैठकमा बहुमत जुट्ने भरोसा नभएको पत्तो पाएपछि उनले पदबाट अलग हुने निर्णय गरेका हुन्।
सोनलले प्रदेशसभामा आफ्नो पक्षमा पर्याप्त सांसद उपस्थित नभएको, सभामुखले समय नदिएको तथा बैठकको वातावरण निष्पक्ष नभएको भन्दै राजीनामा दिएका हुन्।
उनले प्रदेशसभालाई नियन्त्रणमा राखेर संघीयताको आधार कमजोर बनाउने प्रयास भइरहेको आरोप समेत लगाए। उनका अनुसार, “सत्ता पक्षका माननीयहरू खाजाका लागि बाहिरिएका थिए, बैठक सुरु गर्न नसकिने अवस्था थियो। सभामुखले आधा घण्टा रोकेर राम्रो वातावरण बनाउन सक्थे, तर त्यसो गरिएन। त्यसपछि राजीनामा दिने निर्णय भयो।”
मधेस प्रदेशमा कुन शक्ति नयाँ नेतृत्व लिन्छ र कांग्रेस, एमाले लगायत दलहरूबीच समीकरण कस्तो बन्छ त्यसले मधेस प्रदेश सरकारको नेतृत्व निर्धारण गर्नेछ ।













