रुसको दागेस्तान क्षेत्रमा निजी हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

User Image Prime TV News १ हप्ता अगाडि
Image of रुसको दागेस्तान क्षेत्रमा निजी हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौ । रुसको दागेस्तान क्षेत्रमा निजी हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। शुक्रबार स्थानीय समयानुसार अपराह्न भएको उक्त दुर्घटनामा दुई जना घाइते भएका छन्।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जानकारी दिएका छन्। क्षेत्रीय स्वास्थ्य मन्त्रालयका अनुसार चार जनाको घटनास्थलमै मृत्यु भएको थियो।

अस्पताल पुर्‍याइएका तीनमध्ये एक जनाले उपचारका क्रममा ज्यान गुमाएका छन्। दागेस्तानका प्रथम उपस्वास्थ्यमन्त्री नबी कुरायेभले घाइतेहरूलाई भेटेर उपचार व्यवस्थाको अवस्था बुझेका छन्।

दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले दुर्घटनाग्रस्त हेलिकप्टरमा सात जना सवार रहेको पुष्टि गरेका छन्। प्रारम्भिक तथ्याङ्कअनुसार किज्ल्यारबाट इज्बरबासतर्फ उडेको निजी का–२२६ मोडेलको हेलिकप्टर इन्जिनमा आगो लागेर नियन्त्रण गुमाई बसोबास नभएको घरमा खसेको बताइएको छ।

हेलिकप्टरमा आगलागी भएपछि पूर्ण रूपमा क्षतिग्रस्त भएको र उद्धार टोलीले घटनास्थलमा तत्परता साथ काम गरेको स्थानीय आपतकालीन विभागले जनाएको छ। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान जारी छ।