नेकपा एमालेका सचिव भट्टराईको भनाइ: पार्टीलाई सभ्य र जनमुखी बनाउने प्रतिवद्धता
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीलाई सभ्य, शिष्ट र सुसंस्कृत रूपमै अघि बढाउने लक्ष्य रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले पार्टीभित्र क्रान्तिकारी विचार, गतिशील संगठन र जनमुखी कार्यशैलीलाई सुदृढ गर्दै नयाँ राजनीतिक संस्कार निर्माण गर्नुपर्ने उल्लेख गरे।
एमाले सबैको सम्मान र आत्मगौरव सुनिश्चित गर्ने, सहकार्य र सहअस्तित्वमा आधारित संगठनका रूपमा उभिनुपर्ने भन्दै उनले राजनीतिक संस्कार र अनुशासनको आधारमा पार्टीलाई सुदृढ बनाउँदै संगठनभित्र देखिने विवाद र असहिष्णुतालाई नियंत्रित गर्न जरुरी रहेको बताए ।
पार्टी संस्थापक नेता मदन भण्डारीले स्थापित गरेको सिद्धान्त र मूल्यलाई आधार बनाउँदै वर्तमान राजनीतिक चुनौतीको सामना गर्न बहुआयामिक पुनर्गठन आवश्यक रहेको भट्टराईको भनाइ छ।
नले एकतालाई प्राथमिकता दिँदै कार्यकर्तालाई साझा लक्ष्यका साथ अघि बढ्न आह्वान गरेका छन् ।













