संघीय संसद र प्रदेशका पदाधिकारीहरूले, राष्ट्रपति पौडेलसंग गरे गुनासो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको खर्च कटौतीको निर्णयको बिरोध गरेका संघीय संसद र प्रदेशका पदाधिकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसंग गुनासो गरेका छन् ।
उनीहरुले आज राष्ट्रपति भवन शितल निवास पुगेर सरकारले गरेको सो निर्णय पुर्नविचारका लागि पहल गरि दिन आग्रह गरेका छन् । सरकारले व्यवस्थापिकाको स्वायत्ततामाथि असर पर्नेगरी कानून संशोधन तथा निर्देशन दिएको भन्दै संघ र प्रदेश संसदका पदाधिकारीहरूले राष्ट्रपति समक्ष असन्तुष्टि जनाएका हुन् ।
सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालको नेतृत्वमा संघीय संसद र प्रदेशका पदाधिकारीहरूले राष्ट्रपति निबास पुगेका थिए ।
राष्ट्रपति संग भेट गर्नुअघि संसदका प्रमुख पदाधिकारीहरू र प्रदेश सभाका प्रतिनिधिहरूको बैठकले सरकारको निर्णयविरुद्ध आपत्ति जनाउँदै यसको पुनरावलोकनको माग गरेका थिए ।
यसैबीच यस अघि सभामुख र राष्ट्रिय सभाका अध्यक्षले प्रधानमन्त्री सुशीला कार्की संगको भेटमा पनि सरकारको निर्णय प्रति असन्तुष्टि जनाउदै निर्णय पुर्नविचार गर्न आग्रह गरेका थिए ।













