सरकारको ध्यान निर्वाचनमा केन्द्रीत छः कानुन मन्त्री सिन्हा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हाले निर्वाचनको बिकल्प नरहेकाले सरकारको ध्यान पूर्ण रुपमा निर्वाचनमा केन्द्रीत रहेको बतएका छन् ।
राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा मन्त्री सिन्हाले अवको प्रतिनिधिसभामा नयाँ पुस्तालाई समेत सहभागी गराउन निर्वाचनको बिकल्प नभएकाले सरकारको ध्यान पूर्ण रुपमा निर्वाचनमा केन्द्रीत रहेको बताए ।
जेनजीको माग अनुसार संविधान संशोधनका साथै मुलुकमा शान्ति सुरक्षाका लागि समेत निर्वाचन अपरिहार्य रहेकाले जसरी भएपनि तोकिएको समयमा निर्वाचन हुने उनले बताए । उनले निर्वाचनका बिषयमा सरकारले दलहरुसंग पनि निरन्तर छलफल गरिरहेको भन्दै यसमा दलहरुबाट पनि सकारात्मक सहयोग हुने विश्वास व्यक्त गरे ।
मन्त्री सिन्हाले जनेजी आन्दोलनका क्रममा नियोजित रुपमा आगजनीका साथै हिंसात्मक घटना भएकाले सुक्ष्म ढंगले अनुसन्धान भइरहेको पनि समितिलाई जानकारी गराएका थिए ।













