कम्युनिष्टहरुलाई नयाँ केन्द्रमा एकीकृत गर्ने प्रयास जारी छः विप्लव
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले कम्युनिष्टहरुलाई नयाँ ढंगले नयाँ केन्द्रमा एकीकृत गर्ने प्रयास रहेको बताएका छन् ।
शुक्रबार दल दर्ताका लागि सनाखत गराउन निर्वाचन आयोग पुगेका विप्लवले सञ्चारकर्मीसंग कुरा गर्दै अहिले एकताको बहस नेपालमा जारी नै रहेको भन्दै कम्युनिष्टहरुलाई नयाँ केन्द्रमा एकीकृत गर्ने प्रयास रहेको बताए ।
उनले आफुहरुको पार्टी नयाँ भएको भन्दै जनताको सल्लाहमा नै निर्वाचनमा भाग लिन पार्टी दर्ता गर्न लागिएको जानकारी दिए । नेकपाले अहिलेसम्म देशलाई क्षति हुने कुनै काम नगरेको र गर्न नदिएको उल्लेख गर्दै विप्लवले आगाम दिनमा जनताको सुझाव अनुसार नै देशको हितमा काम गर्ने धारणा राखे । नयाँ पुस्ताले चाहेको रुपान्तरणका लागि संघर्षरत रहने पनि विप्लवको भनाई छ ।
केहिदिन अघि कम्युनिस्ट पार्टी नेपाल नाम राखेर विप्लव नेतृत्वको पार्टीले दल दर्ताका लागि आयोगमा निवदेन दर्ता गरेको थियो । दल दर्ताका लागि निवेदन परेपछि आयोगले शुक्रबार नेकपाका नेताहरुलाई सनाखतका लागि बोलाएको हो ।
विप्लव नेतृत्वको पार्टीले नेपाल कम्युनिष्ट पार्टीं(नेकपा) नामबाट राजनीतिक गतिविधि गर्दै आएपनि निर्वाचनका लागि कम्युनिष्ट पार्टी नेपाल प्रस्ताव गरेको हो ।













