सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्य सुरु
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमति पत्र लाइसेन्स छपाइ कार्यको शुभारम्भ भएको छ ।
शुक्रबार केन्द्रमा पुगेर सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चालक अनुमति पत्र छपाइ कार्यको शुभारम्भ गरेका हुन् । हाल यातायात व्यवस्था विभागबाट प्राप्त डाटा अनुसार दैनिक करिब ५ सय वटा लाइसेन्स छापिने बताइएको छ ।
६ महिनाभित्र छाप्न बाँकी सबै लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको मन्त्री खरेलले बताए । उनले लाखौ सेवाग्रही लाइसेन्स नपाइएर कागज बोकेर हिड्नुपर्ने अवस्थाको अव अन्त्य हुने बतए । मन्त्री खरेलले यसअघिको लाइसेन्सको लागत ३ सय रुपैया पर्नेमा अव केन्द्रबाट छापिने लाइसेन्सको लागत २ सय रुपैयाँ मात्रै लाग्ने पनि जानकारी दिए ।
सुरक्षण मुद्रण केन्द्रमा बजेट र कर्मचारीको अभावलाई हटाउदै अव निरन्तर रुपमा काम गर्न सक्ने अवस्था बनाइने उल्लेख गर्दै मन्त्री खरेलले पहिलो चरणमा लाइसेन्स सुरु भएसंगै अन्य महत्वपूर्ण छपाइ पनि अव केन्द्रबाटै सुरु गरिने बताए ।
सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था बिभागसंग सम्झौता गरेर सवारी चालक अनुमति पत्र लाइसेन्स छपाइ कार्य सुरु गरेको हो ।













