रास्वपाले चाँडै देशको बागडोर सम्हाल्ने छः स्वर्णिम वाग्ले:

User Image Prime TV News १ हप्ता अगाडि
Image of रास्वपाले चाँडै देशको बागडोर सम्हाल्ने छः स्वर्णिम वाग्ले:

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले आगामी समयपछि पार्टीले नेपालको राजनीतिक बागडोर सम्हाल्ने दाबी गरेका छन्। उनले शुक्रबार चितवनको सौराहामा सुरु भएको रास्वपाको विस्तारित बैठकमा पार्टीको नेतृत्वमा देशको भविष्य निर्माण गर्ने आफ्नो योजना सार्वजनिक गरेका हुन्।

वाग्लेले भने, "अबको केही समयपछि रास्वपाले देशको कालखण्डको नेतृत्व सम्हाल्ने छ। हामी जनतालाई हाम्रो विचार, योजना र सिद्धान्तमा आधारित अभियान मार्फत प्रेरित गर्नेछौं।"

उनले आगामी संघीय निर्वाचनमा पार्टीको चुनावी तयारीलाई तीव्र बनाउने आवश्यकताबारे कुरा गर्दै भने, "संघीय निर्वाचनको मिति घोषणा भइसकेको छ। अब हाम्रो मुख्य ध्यान सबै चुनावी तयारीमा केन्द्रित हुनेछ। अब १२० दिनभन्दा कम समय बाँकी छ।"

वाग्लेले रास्वपाले आगामी निर्वाचनमा शक्तिशाली प्रस्तुतिका साथ जनतासम्म पुग्ने रणनीति तयार गरेका छन् । त्यसको लागि पार्टीलाई हरपलमा सशक्त बनाइरहेको कुरा पनि स्पष्ट पारे। रास्वपाले देशभरि चुनावी प्रचारमा तीव्रता दिने र यसको लागि पार्टीका सबै नेताहरू र कार्यकर्ताहरूलाई एकजुट गर्दै जनसम्पर्क अभियानलाई अघि बढाउनु पर्नेमा नेता वाग्लेको भनाई थियो ।