रास्वपाको पार्टी सदस्य संख्या ३ लाख, ४० महिनामा पार्टीको विस्तारमा महत्वपूर्ण सफलता
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो स्थापना भएको ४० महिनामा पार्टी सदस्य संख्या ३ लाख पुर्याएको छ। पार्टीका अनुसार, ७७ जिल्ला मध्ये ७४ जिल्लामा संरचना बनिसकेको छ । हिमाली जिल्लाहरूमा अझै संरचनाको निर्माण हुन नसकेको जनाएको छ ।
रास्वपाका केन्द्रीय नेताहरूले पार्टीको विस्तार र सदस्यता वृद्धिमा उत्साहजनक प्रगति भएको बताएका छन्। पार्टीले ७५३ मध्ये ५५० पालिका र ४,००० वडामा समितिहरू गठन गरेको पनि जानकारी दिएको छ। यद्यपि देशका २ हजार ५ सय वडाहरू र ५० पालिकामा भने पार्टीको अधिवेशन सम्पन्न नभएको रास्वपाले जनाएको छ ।
पार्टीका अनुसार, रास्वपाको संगठनात्मक संरचना अहिले ६२ सदस्यीय केन्द्रीय समिति, एक सल्लाकार परिषद्, २ वटा आयोग र ३८ विभागमा विस्तार भएको छ। यसका अतिरिक्त, ७ प्रदेश समिति र ती प्रदेश समितिहरूका अन्तर्गत विभागहरूको गठन भइसकेको छ।
रास्वपाले आफ्नो विस्तारलाई महत्वपूर्ण सफलता ठान्दै, यसलाई देसका सबै क्षेत्रसम्म पार्टीको पहुँच पुर्याउने लक्ष्यको रूपमा प्रस्तुत गरेको छ। पार्टीको प्रमुख चुनौतीका रुपमा पार्टी सभापति रवि लामिछानेमाथि लगाइएका झुटा आरोप, लान्छना र अफवाहको फैलावलाई लिएको छ । लामिछानेमाथि गरिएको व्यक्तिगत र राजनीतिक प्रतिशोधको बावजूद पार्टीको स्थिति कमजोर नभएको जनाएको छ ।













