झाँक्रीले पार्टीबाट कारबाही गरिएकोप्रति तीव्र आलोचना गर्दै नेकपा एमालेमा प्रवेशको तयारी

User Image Prime TV News १ हप्ता अगाडि
Image of झाँक्रीले पार्टीबाट कारबाही गरिएकोप्रति तीव्र आलोचना गर्दै नेकपा एमालेमा प्रवेशको तयारी

काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीबाट कारबाही गरिएकोप्रति तीव्र आलोचना गर्दै नेकपा एमालेमा प्रवेशको तयारी थालेको बताएकी छिन्।

उनले पूर्वप्रधानमन्त्री माधव नेपाललाई सम्बोधन गर्दै पार्टीको आन्तरिक समस्याबारे गम्भीर टिप्पणी गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरिन्। झाँक्रीले फेसबुकमार्फत माधव नेपाललाई सम्बोधन गर्दै लेखिन्, "आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड।"

उनले पार्टीको नेतृत्वको असफलता र १९ वर्षसम्म प्रमुख भएर काम गर्ने माधव नेपालको आलोचना गर्दै भनेकी छिन्, "तपाईँ सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने जिम्मेदारीमा बसेर काम गर्नु भयो।" उनले थप भनिन्, "यो अन्तिम घटनाले तपाईँको इतिहासलाई फेरी बल्झायो।" 

साथै, झाँक्रीले समाज र देशको लागि समर्पण गरेको आफू जस्ता नेताहरूको अन्तिम मूल्याङ्कन र स्मृति बारे पनि गम्भीर प्रश्न उठाएकी छिन्। "जिन्दगीमा के लानु छ कमरेड? समाज र देशको लागि जीवन जवानी अर्पण गरेको व्यक्तिले। लाने त यति त हो, एउटा मिठो वा तितो स्मृति," उनले लेखिन्।