जनार्दन शर्मा र घनश्याम भूसाल विप्लवसँग छलफल गर्न ललितपुर पुगे

User Image Prime TV News १ हप्ता अगाडि
Image of जनार्दन शर्मा र घनश्याम भूसाल विप्लवसँग छलफल गर्न ललितपुर पुगे

काठमाडौ । नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भेट्न ललितपुरस्थित हरिसिद्धीमा रहेको विप्लवको निवासमा पुगेका छन्।

आज बिहान भएको भेटमा नेताहरूबीच राजनीतिक ध्रुवीकरणको बिषयमा छलफल भएको बताईएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी बीचको एकता प्रक्रियाबाट असन्तुष्ट भएका नेताहरूले अहिले छुट्टै राजनीतिक ध्रुवीकरणको विचार गर्दै यस भेटमा भाग लिएका हुन्।

नेता जनार्दन शर्मा, राम कार्की र घनश्याम भूसालको समूहले पार्टी विभाजनका पछि नयाँ ध्रुवीकरणको आवश्यकता रहेको बताउदै आएका छन् ।