सांसदहरूको स्वकीय सचिव कटौती निर्णयको विरोधमा संघीय संसद
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज सिंहदरबारमा सुरु भएको छ । बैठकमा संघीय सरकारले सांसद र संसदका पदाधिकारीका लागि उपलब्ध स्वकीय सचिवहरूको सुविधा खारेजको बिषयमा छलफल हुने बताइएको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा बैठकमा उपस्थित छन् । सरकारले स्वकिय सचिवकव सुबिधा कटौती गरेपछि यस निर्णयको कानुनी र व्यावहारिक पक्षका बारेमा सांसदहरूसँग छलफल गर्दैछन्। सांसदहरूको स्वकीय सचिवका बारेमा सरकारको निर्णयले संसदका सदस्यहरूमा असन्तुष्टि जानाउदै आएका छन् ।
संघीय संसद् अन्तर्गत २७५ सदस्यीय प्रतिनिधि सभा र ५९ सदस्यीय राष्ट्रिय सभा छन्। यस निर्णयले ३३४ जनामध्ये सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई बाहेक सबै सांसद र पदाधिकारीहरूको स्वकीय सचिवको सुविधा खारेज गरेको छ। सांसदहरूले यसलाई आफ्ना कार्यको प्रभावकारिता र सहजता सम्बन्धी ठूलो अवरोधको रूपमा लिदै आएका छन् ।













