देशका अधिकांश भागमा मौसम सफा रहने

User Image Prime TV News १ हप्ता अगाडि
Image of देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौ ।अहिले कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नहुदा मौसम प्राय सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल छाएको छ। बाँकी भूभागमा आकाश सफा छ । 

दिउँसो कोशी र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। ती हिमाली क्षेत्रमा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

राति कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्न सक्छ भने बाँकी देशमा मौसम सफा रहने अपेक्षा छ।