रास्वपाको विस्तारित बैठक चितवनको सौराहामा

User Image Prime TV News १ हप्ता अगाडि
Image of रास्वपाको विस्तारित बैठक चितवनको सौराहामा

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक चितवनको सौराहामा सुरू भएको छ। पार्टीको आगामी रणनीति तय गर्न रास्वपाले विस्तारित बैठक बस्न लागेको हो । 

पार्टी सचिवालय सदस्य हरि ढकालका अनुसार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी भएका छन्। केन्द्र, प्रदेश र सबै ७७ जिल्लाबाट आएका प्रतिनिधिहरूको सहभागीता रहेको छ । 

रास्वपाले विस्तारित बैठकको आवश्यक तयारी पुरा भएको र बैठकका लागि प्रतिनिधिहरु आइपुगेको जनाएको छ ।

बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक दस्तावेज पेस गर्नेछन् भने डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनको वाचापत्रको मस्यौदा प्रस्तुत गर्नेछन्।

साथै, महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक र सहमहामन्त्री विपिन आचार्यले उम्मेदवार चयनको विधी सम्बन्धी प्रतिवेदन पेस गर्ने तयारी गरेका छन् ।

रास्वपाको विस्तारित बैठक यहि कार्तिक २२ गते सम्म संचालन हुनेछ ।