नेकपा एकीकृत समाजवादीका पूर्वनेता एमालेमा फर्कन तयार, ओलीसँग भेटवार्ता
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेकपा एकीकृत समाजवादी छाडेका नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेटगर्न गुन्डु पुगेका छन् । रामकुमारी झांक्री र किसान श्रेष्ठ लगाएतका नेताहरु एमालेमा प्रवेशका लागि छलफल गर्न ओली निवास पुगेका हुन् ।
एमालेले समाजवादी छोडेका नेताहरूलाई 'घर फर्कने अभियान'मा सामेल हुने तयारी गरेको जनाएको छ । कात्तिक २४ गते दिउँसो १ बजे, एमालेले राष्ट्रिय सभा गृहमा यस अभियानको एक कार्यक्रम आयोजना गरि उनीहरुलाई एमालेमा प्रवेश गराउने तयारी रहेको वताइएको छ ।
नेता किसान श्रेष्ठले यसअघि नै निशर्त रुपमा एमालेमा फर्कने बताएका थिए । झांक्री र श्रेष्ठसहितका नेताहरूले यसअघि पत्रकार सम्मेलन आयोजना गरी एमालेमा पुनः समाहित हुन सक्ने संकेत दिएका थिए।













