रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मामिलामा उच्च अदालतको नयाँ आदेश

User Image Prime TV News २ हप्ता अगाडि
Image of रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मामिलामा उच्च अदालतको नयाँ आदेश

काठमाडौ । उच्च अदालत तुलसीपुरले सहकारी ठगी र सङ्गठित अपराधका अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा थप मिसिल झिकाउन आदेश दिएको छ।

न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले छविलाल जोशीको मिसिल अपुग भएकाले झिकाएर एकै स्थानमा राख्न आदेश दिएका हुन्। यसका साथ, अदालतले सहकारी ठगीको आरोपमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दा एकै स्थानमा मिलाएर चलाउन निर्णय गरेको छ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा रवि लामिछाने र अन्य आरोपितहरूसँग सम्बन्धित १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गरिएको छ। लामिछानेले आफ्नो हिस्सामा पर्ने रकमको रूपमा २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत दाखिल गरेका थिए, जुन अदालतले स्वीकार गरेको छैन। यसैगरी, जोशीले पनि सोही रकमको बराबर जमानत पेस गरेका छन्।

पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन्। लामिछानेलाई भैरहवा कारागारबाट ललितपुरको नख्खु कारागारमा सरुवा गरिएको छ भने जोशी भने भैरहवा कारागारमै छन्। पहिला जिल्ला अदालतले लामिछानेको रिहा निवेदन अस्वीकार गरेको थियो।

पछि, लामिछानेले उक्त आदेशको विरोध गर्दै उच्च अदालतमा अपील गरेका थिए। उच्च अदालतले अब दुवै पक्षको बिगो रकमको अंश निश्चित नगरेसम्म उनीहरूको रिहा गर्न नमिल्ने निर्णय गरेको हो।