जेनजी आन्दोलनले निरंकुश र तानाशाही सत्तालाई परास्त गर्योः विप्लव
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जेनजी पुस्ताको बलिदानलाई निरंकुश र तानाशाही सत्तालाई परास्त गरेको वताएका छन् । आज काठमाडौंमा सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै यो कुरा बताएका हुन्।
विप्लवले भने, "जेन–जी आन्दोलनका युवाहरूले आफ्ना ज्यानको आहुति दिएर एक निरंकुश र दमनकारी राज्यसत्ताको कडा प्रतिवाद गरेका छन्। उनीहरूले आफूहरूको रगत र बलिदानले जनताको विरुद्धको सत्तालाई परास्त गरेका छन्।"
उनले जेनजी युवाहरूले आन्दोलित सत्तामा अहंकार र भ्रष्टाचारका प्रतीक रहेको संसदलाई थला पारेर आगोमा खरानी बनाइदिएको दाबी गरे । उनले भने,‘अहङ्कारी सत्ता, संसद् दलालहरूको सत्तालाई ध्वस्त पारेकोमा धन्यवाद गर्न चाहन्छु । हाम्रो आवाजलाई बेवास्ता मात्र गरिएन, नेपालको संसद्लाई दलालहरूको स्वार्थमा पूर्ति गर्न प्रयोग गर्यो । यो इतिहासमा कहिल्यै नमेटिने गरी राष्ट्र घात गर्यो’, उनले भने, ‘भ्रष्टाचार वडादेखि छ । सरकारले ठेक्कापट्टा गर्ने, लुट्ने खाने काम गर्यो । हामीले पार लगाउन सकेका थिएनाैँ । सरकारले राज्य, सत्ता, डण्डाको बलमा दमन गर्यो । जेनजीको विस्फोट भयो । जसका कारण अहङ्कारी सरकार ढल्यो ।’
जेनजी आन्दोलनका क्रममा अनगिन्ती युवाहरूले आफ्नो जीवनको आहुति दिएको भन्दै विप्लवले तिनको बलिदानले नेपालमा एउटा नयाँ राजनीतिक चेतना र परिवर्तनको लहर ल्याएको बताए ।
साथै उनले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरू बीचको एकतालाई व्यंग्य गर्दै यसको भविष्यप्रति चिन्ता व्यक्त गरेका छन्। उनले हालको एकतालाई "नवरश" सँग तुलना गरेका थिए । विप्लवले भने, "हिजो यही भृकुटीमण्डपमा रमाइलो पनि देखियो। तर, त्यहाँ हाम्रो रश मिसिएन। यथास्थितिमा हाम्रो रस मिसाउन मन लागेन।"













