नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) काे जनप्रदर्शन आज

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) काे जनप्रदर्शन आज

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले आज राजधानी काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ।

प्रदर्शन सुन्धाराबाट दिउँसो १२ बजे हुने र भृकुटीमण्डपमा जनसभामा परिणत हुने बताईएको छ । जनसभामा पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

जनप्रदर्शनलाई विप्लव समूहले सामूहिक संघर्ष र एकताका नयाँ चरणको संकेतको रुपमा लिएको जनाएको छ । विप्लव नेतृत्वको पार्टी पनि विभाजन भै सकेको छ । चिरन पुनले पार्टी  विभाजन गरि १० वाम घटकसँग एकता गरि सकेका छन् । यद्यपि विप्लव भने वाम एकता कार्यक्रममा सहभागी भएनन् । 

जनप्रर्दशन गरेपनि विप्लवले नेतृत्वको पार्टी निर्वाचन आयोगमा आफ्नो पार्टी दर्ताको लागि निवेदन दिइ सकेको छ ।