नेपाली कम्युनिस्ट इतिहासको अविस्मरणीय दिनः प्रचण्ड
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका नवनियुक्त संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले कम्युनिष्ट घटकहरु विच भएको ऐतिहासिक एकतालाई नेपाली कम्युनिस्ट इतिहासको अविस्मरणीय दिनको रूपमा व्याख्या गरेका छन्।
एकता घोषणा सभामा प्रचण्डले पार्टीको एकता मात्र नभई देशका प्रमुख समस्या र संकटहरूको समाधानका लागि बनेको नयाँ सशक्त शक्ति निर्माण भएको बताएका छन्।
“आजको दिन नेपाली कम्युनिस्ट इतिहासमा अविस्मरणीय बन्यो। यो एकता केवल पार्टीको भित्रको सहमति मात्र होइन, हाम्रो देशका संकटहरूको समाधानका लागि महत्त्वपूर्ण कदम हो,” प्रचण्डले भनें। उनले थपे, "यो एकता अब कसैले मेटेर मेट्न सक्दैन, हामी एक ढिक्का भएर अगाडि बढ्ने छौँ।"
प्रचण्डले यो एकताले पार्टीलाई अझ मजबूत बनाउने र नेपालको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । सोही अबसरमा प्रचण्डले युवा पुस्ताको विशेष ध्यानाकर्षण गरेका छन्।
डिजिटल प्लेटफर्ममार्फत जेनजीद्वारा गरेको विद्रोहको समर्थन गर्दै उनले ती युवा समूहका भावनालाई आत्मसात गर्ने र आगामी राजनीतिक नेतृत्वका लागि उनीहरूको विचारलाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे।
"यो समय हाम्रो देशमा परिवर्तनको आवश्यकता छ र जेनजीले यस परिवर्तनका लागि आवाज उठाएका छन्। हामी तिनीहरूको साथमा छौं र आगामी दिनहरूमा तिनीहरूको विचारलाई सही दिशामा अघि बढाउने छौं," प्रचण्डले भने।
उनले पार्टी एकता संगै नेपाली कम्युनिष्ट पार्टी आगामी निर्वाचनामा ठुलो दलका रुपमा आउने दावी गरे । त्यसका लागि आगामी दिनमा पार्टी एकता र चुनावी सभालाई संगै लैजाने उल्लेख गरे ।
प्रचण्डले सविधान र लोकतन्त्र रक्षाको लागि निर्वाचनको विकल्प नभएको पनि उल्लेख गरे । निर्वाचन मार्फत नै संविधान र परिवर्तन संस्थागत हुने पनि प्रचण्डको भनाई थियो ।













