प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्छः बामदेव गौतम
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली प्रमुख कम्युनिस्टका नेता बामदेव गौतमले आगामी दिनहरूमा राजनीतिक स्थिरता र सुधार ल्याउनका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने कुरा पुनः औंल्याएका छन्।
नवगठित पार्टीको एकता घोषणा सभामा बोल्दै गौतमले वर्तमान सरकार सञ्चालन प्रणालीको आलोचना गर्दै त्यसमा सुधारको आवश्यकता औंल्याएका हुन् । गौतमले भने , नेपालको सन्दर्भमा सधैँ सरकार परिवर्तनको समस्या रहेको र यसले राज्यको शासन प्रणालीलाई कमजोर बनाइरहेको छ।
“यो सधैँ महिना महिना परिवर्तन हुने प्रणालीलाई अन्त्य गर्न आवश्यक छ। देशको शासन प्रणालीलाई परिमार्जन गर्न र स्थिरता ल्याउन प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली लागू गर्नु पर्छ।” उनले भने । प्रत्यक्ष निर्वाचन प्रणालीले मात्र राजनीतिक स्थिरता र दीर्घकालीन विकासका लागि आधार तयार गर्ने विश्वास व्यक्त गरे।













