पार्टी एकता घोषणालाई समग्र कम्युनिस्ट आन्दोलनको पुनर्गठनको आधार बनाउनुपर्छः नेता श्रेष्ठ

User Image Prime TV News २ हप्ता अगाडि
Image of पार्टी एकता घोषणालाई समग्र कम्युनिस्ट आन्दोलनको पुनर्गठनको आधार बनाउनुपर्छः नेता श्रेष्ठ

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले आजको एकता घोषणालाई कम्युनिस्ट आन्दोलनको समग्र एकीकरण र पुनर्गठनको आधार बनाउनुपर्ने कुरा जोड दिएका छन्।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता सभामा बोल्दै उनले पार्टी एकतामा रहेका चुनौतीहरू र भविष्यका योजना बारेमा आफ्नो विचार व्यक्त गरेका छन् । 

"यो पार्टी एकता नेपाली कम्युनिस्ट आन्दोलनको समग्र एकीकरण र पुनर्गठनको प्रस्थानविन्दु बन्नुपर्छ," नेता श्रेष्ठले भने। उनले आगामी दिनमा पार्टीभित्रका केही समूहलाई पनि एकतामा समेट्नुपर्ने आवश्यकता औंल्याए, "आजको एकता घोषणामा हामीसँग केही साथीहरू बाहिर हुनुहुन्छ। उहाँहरूलाई पनि यस आन्दोलनमा ल्याउनु पर्नेछ।"

नेता श्रेष्ठले देशको राजनीतिक परिप्रेक्ष्यमा रहेका खतराहरूलाई ध्यानमा राख्दै सच्चा लोकतन्त्रवादीहरूसँग एकता निर्माण गर्ने आवश्यकता पनि व्यक्त गरे। "हामीले संविधान, लोकतन्त्र र राष्ट्रियतामाथि रहेका खतराहरूलाई सम्बोधन गर्नका लागि सच्चा लोकतन्त्रवादीहरूसँग संयुक्त एकता गर्न पहल गर्नुपर्नेछ," उनले भने।

उनले एकता घोषणासँगै पार्टीले वैचारिक र सांस्कृतिक समस्याहरूलाई पनि समाधान गर्ने योजना बनाउनु पर्नेमा जोड दिए ।