नेपाली कम्युनिस्ट पार्टीको एकता, प्रचण्ड संयोजक र नेपाल सहसंयोजकमा चयन

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेपाली कम्युनिस्ट पार्टीको एकता, प्रचण्ड संयोजक र नेपाल सहसंयोजकमा चयन

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीको संयोजनमा एकता प्रक्रिया सम्पन्न भएको छ।

राजधानीको भृकुटीमण्डपमा आयोजित एकता सम्मेलनमा विभिन्न दलहरूको ऐक्यबद्धतासँगै पार्टीको नेतृत्व तय गरिएको हो। नेपालका वामपन्थी दलहरू नेकपा माओवादी र नेकपा एससहित अन्य साना दलहरू विच एकता गर्दै नयाँ पार्टीको घोषणा गरिएको हो ।

सम्मेलनमा नेता महेन्द्राय यादवले पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपालको नाम प्रस्ताव गरेका थिए। यस प्रस्तावलाई उपस्थित सभाले ताली बजाएर अनुमोदन गरेको थियो।

यस्तै नेपाली कम्युनिष्ट पार्टीले आफ्नो २३ बुँदे घोषणापत्र सार्वजनिक समेत गरेको छ । घोषणा पत्रमा देशको समग्र राजनीतिक र सामाजिक सुधारमा समर्पण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। नेता देव गुरुङले घोषणापत्र प्रस्तुत गर्दै, नयाँ पार्टीले नेपालमा समावेशी र समानतामूलक शासन प्रणाली निर्माण गर्ने आफ्नो लक्ष्य निर्धारण गरेको बताए।

पार्टी एकतासँगै, विभिन्न वाम घटकहरूको संगठनले देशको विभिन्न क्षेत्रमा एकता र विकासका लागि बल दिने बताएका छन् ।