संसद पुर्नस्थापना गरि संविधान संशोधन मार्फत ताजा जनादेशमा जानुपर्छः उपाध्यक्ष पौडेल
Prime TV News २ हप्ता अगाडि 
रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले संसद पुर्नस्थापना गरि संविधान संशोधन मार्फत ताजा जनादेशमा जानुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल रूपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा संविधान बचाउन संसद पुर्नस्थापना गर्नुपर्ने बताए ।
जेनजी युवा पुस्ताको समेत माग सम्बोधन गर्ने र संविधान अनुसार मुलुक अगाडि बढाउन संसद पुर्नस्थापना हुनुपर्ने उनको भनाइ छ । उनले भाद्र २३ गते जेनजी युवा पुस्ताको हत्याको घटनाको छानविन गरि कारवाही हुनुपर्ने र भदौ २४ गते भएको आगजनी र विध्वंसको पनि छानविन गरि कारवाही हुनुपर्ने धारणा राखेका छन् ।
साथै उनले आगामी एमालेको महाधिवेशनले सर्वसम्मत रुपमा पार्टी नेतृत्व चयन गर्ने दावी पनि समेत गरे ।













