निःशुल्क वाइफाइसहितको इन्टरनेट सेवा सञ्चालनको अनुगमन

User Image Prime TV News २ हप्ता अगाडि
Image of निःशुल्क वाइफाइसहितको इन्टरनेट सेवा सञ्चालनको अनुगमन

काठमाडौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उपत्यकाका बिभिन्न स्थानमा जडान गरिएका निःशुल्क वाइफाइसहितको इन्टरनेट सेवा सञ्चालनको अनुगमन गरेका छन् ।

सञ्चारमन्त्री खरेलले काठमाडौंको नयाँ बसपार्कदेखि शिक्षण अस्पताल, पशुपति आर्यघाट क्षेत्र हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जडान भएका निःशुल्क इन्टरनेट सेवा सञ्चालनको अनुगमन गरेका हुन् ।

उनले दुई महिनाभित्र काठमाडौंका संवेदनशील तथा अत्यावश्यक स्थानमा निःशुल्क इन्टरनेट सेवाको प्रतिवद्धता अनुसार डेड महिनाको अवधिमा १९ वटा स्थानमा निःशुल्क इन्टरनेट सेवा सूचारु भइसकेको जानकारी दिए ।

स्वयम्भूको यातायात कार्यालयदेखि एकान्तकुना हुदै भक्तपुरको यातायात कार्यालयसम्म पनि निःशुल्क वाइफाइसहितको इन्टरनेट सेवा उपलव्ध गराउन काम भइरहेको उनले बताए । मन्त्री खरेलले राजधानी काठमाडौँसहित दुर्गम क्षेत्रमा पनि इन्टरनेट सेवा विस्तार गर्नेक्रममा काम गरिरहेको जानकारी दिए ।