वामपन्थी शक्तिहरूबीच एकता र सहकार्यको प्रयास तीव्र, शोक राईलाई पार्टी एकता वा मोर्चाबन्दीमा सहभागी हुन प्रस्ताव

User Image Prime TV News २ हप्ता अगाडि
Image of वामपन्थी शक्तिहरूबीच एकता र सहकार्यको प्रयास तीव्र, शोक राईलाई पार्टी एकता वा मोर्चाबन्दीमा सहभागी हुन प्रस्ताव

काठमाडौ । वामपन्थी शक्तिहरूबीच फेरि एकता र सहकार्यको प्रयास तीव्र बन्न थालेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राईलाई पार्टी एकता वा मोर्चाबन्दीमा सहभागी हुन प्रस्ताव गरेका छन्।

पछिल्लो समय माओवादी केेन्द्र,एकीकृत समाजवादी सहित ९ वाम घटकहरु विच एकता भै रहदा प्रचण्ड र माधब नेपालले एकताको प्रस्ताव गरेका हुन् । उक्त प्रस्ताव आएपछि अध्यक्ष राईले आज केन्द्रीय समिति बैठक आह्वान गरेका छन्।

बैठकमा पार्टीको आधिकारिक धारणा बनाउने र आगामी राजनीतिक कदम तय गर्ने तयारी गरिएको छ। राईका अनुसार, बैठकमा वाम दलहरूबीचको सम्भावित एकता वा मोर्चाबन्दीबारे मात्र होइन, आगामी निर्वाचनका तयारी र भदौ महिनामा भएको ‘जेनजी आन्दोलन’ पछि देशको बदलिँदो राजनीतिक परिस्थितिमाथि पनि विस्तृत छलफल बताए ।