फिलिपिन्समा शक्तिशाली आँधी, कम्तीमा २६ को मृत्यु

User Image Prime TV News २ हप्ता अगाडि
Image of फिलिपिन्समा शक्तिशाली आँधी, कम्तीमा २६ को मृत्यु

काठमाडौ । फिलिपिन्समा आएको शक्तिशाली आँधीकालमेगीले व्यापक विनाश गरिरहेको छ। स्थानीय अधिकारीका अनुसार, हालसम्म कम्तीमा २६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने लाखौँ नागरिक सुरक्षित स्थानमा बसाइँ सरेका छन्।

बीबीसीका अनुसार, विशेषगरी मध्य फिलिपिन्सको सबैभन्दा जनसङ्ख्या भएको सेबु क्षेत्रमा ठूलो क्षति पुगेको छ। सेबुका धेरै क्षेत्र जलमग्न हुँदा यातायात, विद्युतीय सेवा र संचार प्रणाली प्रभावित बनेका छन्। अधिकारीहरूले मृतक र क्षतिको संख्यामा थप वृद्धि हुन सक्ने चेतावनी दिएका छन्।

यसैबीच, उद्धार तथा राहत कार्यमा संलग्न फिलिपिन्स वायुसेनाको हेलिकप्टर उत्तरी मिन्डानाओमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा चालक दलका सबै ६ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। धेरै स्थानमा भीषण वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायम छ।

उद्धार टोली प्रभावित क्षेत्रहरूमा परिचालन गरिएको छ। सरकार तथा अन्तर्राष्ट्रिय निकायहरूले आवश्यक सहयोग र राहत सामग्रीको आपूर्ति बढाइरहेका छन्।