देशभर बदली र हिमपातको प्रभाव, पश्चिमी वायु सक्रिय

User Image Prime TV News २ हप्ता अगाडि
Image of देशभर बदली र हिमपातको प्रभाव, पश्चिमी वायु सक्रिय

काठमाडौ । पश्चिमी वायुको प्रभावले फेरि देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदली छ भने बाँकी भूभागमा आंशिक बादल देखिएको छ।

पहाड र हिमाली क्षेत्रमा आज दिउँसो हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना उच्च छ। लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा पनि हल्का वर्षा हुनसक्ने जनाइएको छ।

राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित पहाडी क्षेत्रमा बादल अझ बाक्लिने अनुमान छ। पश्चिमउत्तरी भेगमा हिमपात र वर्षा निरन्तर रहने चेतावनी दिइएको छ।

सडक यात्रा, हवाई उडान र हिमाली क्षेत्रतर्फ गढिने योजनामा सतर्कता अपनाउन विज्ञको आग्रह गरेका छन् । चिसो बढ्दै गएकोले कमजोर स्वास्थ्य भएका नागरिक तथा बालबालिका विशेष सावधान रहनुपर्ने बताइएको छ।