नौ वाम घटकबीच एकीकृत पार्टी घोषणा हुँदै

User Image Prime TV News २ हप्ता अगाडि
Image of नौ वाम घटकबीच एकीकृत पार्टी घोषणा हुँदै

काठमाडौ । नौ वाम घटकबीचको लामो राजनीतिक कसरतपछि आज राजधानीको भृकुटीमण्डपमा एकीकृत पार्टी घोषणा हुँदैछ ।

यस प्रक्रियामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी) र देशभक्त समाजवादी मोर्चा सहभागी छन्।

गत आइतबार आठ वाम घटकबीच औपचारिक सहमति पत्रमा हस्ताक्षर भएको थियो। त्यसपछि गोपाल किराँती नेतृत्वको मोर्चा पनि सहभागी भएको हो।

अन्तरिम नेतृत्वमा पुष्पकमल दाहालप्रचण्डसंयोजक र माधवकुमार नेपाल सहसंयोजक हुने सहमति भएको छ। एकतापछि छ महिनाभित्र राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरिएको छ।

सम्झौता अनुसार नयाँ पार्टीको नामनेपाली कम्युनिष्ट पार्टीरहनेछ र चुनाव चिन्ह पाँच कुने तारा रहनेछ। मार्गदर्शक विचारधारा मार्क्सवादलेलिनवाद हुनेछ।

पार्टी एकता संगै माओवाली र समाजवादी पार्टी विभाजन भएका छन् । माओवादी केन्द्रका जनार्दन शर्मा, राम कार्की, अन्जना विशंखे लगायतका नेताले छुट्टै प्रगतिशील एकता अभियान घोषणा गरेका छन्।

त्यस्तै, एकीकृत समाजवादीका झलनाथ खनाल, धनश्याम भुसाल, रामकुमारी झाँक्री लगायतका नेताले एकताबारे असहमति जनाउँदै एमालेमा फर्कने सम्भावना खुला राखेका छन्।

एकता घोषणा अघि भृकुटीमण्डप क्षेत्रमा जनसभा र जुलुस गरिने वताइएको छ ।