राहदानी सेवा सुचारु राख्न प्रधानमन्त्री कार्कीको निर्देशन
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरणमा कुनै अवरोध नआओस् भन्दै परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीलाई निर्देशन दिएकी छन्।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा उनले राहदानी प्रक्रिया नियमित, द्रुत र पारदर्शी राख्न आवश्यक उपायहरू तत्काल लागू गर्न आग्रह गरिन्।
बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राई र राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित अन्य अधिकारीहरूको सहभागिता थियो।
प्रधानमन्त्रीले राहदानी वितरणमा समस्या आउन नदिन वैकल्पिक योजना सहित अघि बढ्न निर्देशन दिँदै भनिन्, “नागरिकले मौलिक सेवामा समस्या भोग्न नपरोस्, सरकारले तत्काल प्रभावकारी कदम चाल्नेछ।”
पछिल्ला महिनाहरूमा राहदानी वितरणमा सम्भावित ढिलाइ र अभावबारे सार्वजनिक चासो बढेसँगै प्रधानमन्त्रीको यो सक्रियता देखा परेको हो। सरकारका अनुसार माग, स्रोत र कार्यविधिको समन्वय गर्दै राहदानी सेवालाई स्थिर र विश्वसनीय बनाउने तयारी भइरहेको छ।













