एमाले नेता पासाङ शेर्पा समातिए, तीन वर्षपछि अदालतको फैसला कार्यान्वयन
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । बहुविवाहको अपराधमा अदालतबाट दोषी ठहर भई पनि वर्षौँसम्म कानूनको आँखामा धूलो हालिरहेका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा अन्ततः पक्राउ परेका छन्।
अदालतलाई अटेर गर्दै शक्ति र हैसियतको घमण्डमा हिँडिरहेका शेर्पालाई जिल्ला प्रहरी परिसर काठमाडौँले मंगलबार धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो।
शेर्पा एमालेको जनजाति महासंघका अध्यक्षसमेत हुन्। तीन वर्षअघि काठमाडौँ जिल्ला अदालतले शेर्पालाई एक वर्ष जेल र पाँच हजार रुपियाँ जरिवाना तोकेको थियो।
सो फैसलाविरुद्ध उच्च अदालत पाटन पुगे पनि त्यहाँ पनि निर्णय बदलिएन। तर अदालतको निर्णय राखेर, शक्ति र सम्पर्कको ओटमा उनले सजाय टार्दै आएका थिए।
जिल्ला प्रहरीका अनुसार अब शेर्पालाई बुधबार अदालतमा पेश गरी सजाय कार्यान्वयन गरिनेछ।













