औपचारिक रुपमा माओवादी केन्द्र विभाजित: नेताहरू अलग राजनीतिक अभियानमा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेकपा माओवादी केन्द्रमा पार्टी एकता प्रक्रियामा असहमति देखिँदै पार्टी विभाजन भएको छ । पार्टीभित्र जेनजी आन्दोलनसँग सम्बन्धित माग र भावनासँग मेल नखाने निर्णयहरूका कारण जनार्दन शर्मा लगाएतका केही नेताहरुले पार्टी छोड्ने निर्णय गरेका छन्।
शर्माले पार्टी एकता प्रयासप्रति असहमति व्यक्त गर्दै पार्टी छोडेको बताएका छन्। उनले पत्रकार सम्मेलनमार्फत प्रगतिशील अभियान नेपाल घोषणा संगै नेकपा माओवादी विभाजन भएको हो । शर्माले एकताको नाममा घृणा फैलाउने काम भइरहेको आरोप समेत लगाएका छन्।
शर्माले विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने उद्देश्यसहित ‘प्रगतिशील अभियान, नेपाल’ नामक नयाँ राजनीतिक अभियानको घोषणा गरेका छन्। उनी नयाँ राजनीतिक अवधारणासहित पार्टी पुनर्निर्माणमा लाग्ने र विगतका कमजोरीहरू स्वीकार गर्दै नयाँ अभियान अघि बढाउने बताएका छन्।
यसअघि नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी एजेन्डा पारित गरेको छ । आयोजक समितिका संयोजकका तर्फवाट नारायणकाजी श्रेष्ठले प्रस्तुत गरेको प्रस्तावलाई सदस्यहरूले ताली बजाएर पारित गरेका थिए।
श्रेष्ठले पार्टी एकता केवल सदस्य संख्या बढाउने उद्देश्यका लागि नभई नयाँ पुस्तालाई समेट्दै पार्टीलाई बलियो बनाउने र समाजवादको लक्ष्य हासिल गर्ने दिशामा भएको बताएका थिए। पार्टीभित्रको मतभेद र असहमति स्पष्ट देखिएसंगै नेताहरू अलग राजनीतिक अभियानमा लागेका छन्।













