एकीकृत समाजवादीले सबै संगठन र कमिटीलाई एकता राष्ट्रिय सम्मेलनमा सहभागी हुन परिपत्र

User Image Prime TV News २ हप्ता अगाडि
Image of एकीकृत समाजवादीले सबै संगठन र कमिटीलाई एकता राष्ट्रिय सम्मेलनमा सहभागी हुन परिपत्र

काठमाडौ । नेकपा एकीकृत समाजवादीले पार्टीका सबै संगठन र कमिटीलाई कात्तिक १९ गते हुने एकता राष्ट्रिय सम्मेलनमा सहभागी हुन परिपत्र जारी गरेको छ। सम्मेलन काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ।

एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार उक्त सम्मेलनमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीलगायत आठ वामपन्थी दलबीच पार्टी एकता घोषणा गरिनेछ।

उनका अनुसार सम्मेलनमार्फत नयाँ एकीकृत वाम पार्टीको औपचारिक घोषणा गर्दै घोषणापत्र सार्वजनिक गर्ने, अन्तरिम विधान पारित गर्ने र केन्द्रीय समिति गठनजस्ता कार्यहरू गरिनेछ। पार्टीले जिल्ला, प्रदेश तथा विभागीय कमिटीहरूलाई सहभागी तयारीका लागि निर्देशन दिँदै देशभरका कार्यकर्तालाई उपस्थित रहन आह्वान गरेको छ ।