माओवादी केन्द्रको विघटित केन्द्रीय समिति बैठक बस्दै,एकता सम्बन्धी प्रस्ताव अनुमोदन गर्ने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेकपा माओवादी केन्द्रको विघटित केन्द्रीय समितिको बैठक बस्ने भएको छ। बैठकमा पार्टी सचिवालयले गरेका निर्णयहरू, विशेषगरी आठदलीय एकता सम्बन्धी प्रस्ताव अनुमोदन गर्ने एजेन्डा रहेको बताइएको छ ।
बैठक भोलि दिउँसो १ बजे बस्नेछ। पार्टी एकताको निर्णय अनुमोदन गरेर बैठक आज नै सकिनेछ। माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी सहितका आठ वाम दलसँग एकता गर्ने तयारी गर्दै आएको छ। यसबारे सचिवालयले निर्णय गरेपछि अब त्यसलाई केन्द्रीय समितिबाट औपचारिक मान्यता दिने तयारी भएको हो।
तर, यो निर्णयसँगै माओवादी केन्द्रभित्र असन्तुष्टि र विभाजनको संकेत देखिएको छ। नेताहरू जनार्दन शर्मा, राम कार्की र सुदन किराँती लगायतले हालको एकता प्रक्रियालाई समर्थन गर्न नसक्ने स्पष्ट सन्देश दिइसकेका छन्। उनीहरूले यो एकता पार्टीको सिद्धान्त र मार्गप्रति समर्पण भएको आरोप समेत लगाएका छन्।













