कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको मिति तोकिएला ?
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको पटक पटक सारिएको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा १ बजे सुरु हुने बैठकका लागि पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिलाई उपस्थित रहन भनिएको छ।
यस बैठकमा महाधिवेशनको मिति टुंग्याउने प्रमुख एजेन्डा हुने बताइएको छ । पार्टीभित्र अहिले महाधिवेशनको समयलाई लिएर विवाद छ ।
इतर पक्षले मंसिर मसान्तभित्र महाधिवेशन गर्नुपर्ने दाबी गर्दै आएको छ। उनीहरूको नेतृत्वले संगठनलाई कम्जोर बनाएको आरोप लगाएको छ ।
स्थापित पक्ष भने प्रतिनिधिसभा निर्वाचन संपन्न भएपछि फागुन २१ पछिमात्र महाधिवेशन सम्भव हुने अडानमा अडिएको छ। देश संवेदनशील अवस्थामा भएकाको बेला पार्टीलाई अस्थिर बनाउने काम भै रहेको ठभ्याइ उनीहरुको छ ।












