सरकारले ११ मुलुकका राजदूतहरूलाई आकस्मिक रूपमा फिर्ता बोलायो

User Image Prime TV News २ हप्ता अगाडि
Image of सरकारले ११ मुलुकका राजदूतहरूलाई आकस्मिक रूपमा फिर्ता बोलायो

काठमाडौ । नेपाल सरकारले ११ मुलुकका लागि खटाइएका आफ्ना राजदूतहरूलाई आकस्मिक रूपमा फिर्ता बोलाएको छ। परराष्ट्र मन्त्रालयले सोमबार साँझ सम्बन्धित दूतावासहरूलाई पत्राचार गर्दै राजदूतहरूलाई कात्तिक २० भित्र काठमाडौं आइपुग्न निर्देशन दिएको हो।

फर्काइएका राजदूतहरू चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रसिया, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, जापान र संयुक्त राज्य अमेरिकामा कार्यरत थिए।

मन्त्रालयले पठाएको पत्रमा प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री स्तरीय निर्णयको आधारमा अब अर्को व्यवस्था नभएसम्म नेपालमै रही कार्यसम्पादन गर्न भनिएको छ। टिकट पहिले नै काटिसकिएको भएकाले सोही टिकट प्रयोग गरेर फर्किन भनिएको छ। राजदूतहरू फर्किएपछि सम्बन्धित नियोगका उपनियोग प्रमुखले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्नेछन्।

सर्वोच्च अदालतले आइतबार मात्रै सरकारले गरेको फिर्ता बोलाउने निर्णय स्थगन गर्न अन्तरिम आदेश दिएको थियो। तर आदेशको औपचारिक पत्र मन्त्रिपरिषद् पहुँच नपाएकै बहानामा र टिकट रद्द गर्ने जटिलता देखाउँदै सरकारले नै अघिल्लो व्यवस्था अनुसार फर्कन लगाएको छ।